सिने सर्कल अवार्डमा चलचित्र जात्रा भयो हावी

काठमाडौँ । सिने सर्कल अवार्ड २०७४ मा चलचित्र जात्राले बाजी मारेको छ ।

धेरै विधामा प्रदीप खड्का निर्देशित चलचित्र जात्राले अवार्ड हात पारेको छ । नेपाली सेनाको साङ्गीतिक समूहको प्रस्तुतिबाट सुरु भएको अवार्ड कार्यक्रममा चलचित्र माइतीघरका अभिनेता सिपि लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो । 

माइतीघरले नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेको र यसले नेपाली सिनेमालाई उचाईमा पुर्याएको भन्दै चलचित्रको टिमलाई नै सम्मान गरिएको थियो । पुराना दिन सम्झदै र आफूलाई ठूलो सम्मान मिलेको भन्दै कुनै समयकी भारतीय चलचित्र उद्योगकी चर्चित कलाकार माला सिन्हा भावुक भएकी थिइन् ।

धेरै जसो विधामा मनोनयनमा परेको जात्राले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सिनेमाटोग्राफरसहितका अवार्ड हात पार्‍यो । जात्राका निर्देशक प्रदीप भट्टराई उत्कृष्ट निर्देशक, बिपिन कार्की उत्कृष्ट नायक, वर्षा राउत उत्कृष्ट नायिका घोषित भए ।

त्यस्तै नेपाली चलचित्रको क्षेत्रमा द्वन्द्व निर्देशक भएर योगदान पुर्‍याएबापत वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

एलजी सिने सर्कल अवार्डका अन्य विजेतामा बेस्ट म्युजिक डिरेक्टरमा कालीप्रसाद बास्कोटा, नीर जैले रिसाउनी, त्यस्तै पुरानो डुङ्गा बेस्ट कोरियोग्राफरमा कविराज गहतराज, पूर्व पश्चिम रेल, छक्का, पन्जाबेस्ट सिनेमाटोग्राफरमा दीर्घ गुरुङ, त्यस्तै जात्राउत्कृष्ट पाश्र्व गायन (पुरुष)मा युवराज चौलागाईं, पलाँस उत्कृष्ट पाश्र्व गायन (महिला)मा  मिना निरौला, त्यसैगरी ठमेल बजार, लूट २ चर्चित कलाकार (पुरुष): दीपकराज गिरी र छक्का पन्जा चर्चित कलाकार (महिला)मा प्रियंका कार्की, छक्का पन्जा रहेका छन् ।

Comments