अहिले भने समय फेरिएको छ । धेरैजसो कलाकारले त प्रहसनका लागि धेरै तयारी पनि गर्दैनन् । व्यस्त समय हुनुले पनि धेरै अभ्यास नगर्ने कलाकारहरु बताउँछन् । केही वर्षदेखि हुँदै गरेको तीतेजिरे मेरी बास्सैले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गर्ने गाईजात्रा महोत्सवलाई कलाकारले विशेष महत्त्वका रुपमा लिने गर्छन् । दीपकराज गिरीले आफ्नो चलचित्रको व्यस्तताले समय छुट्याउन हम्मे भएपनि गाईजात्रे कार्यक्रममा भाग लिन लागेको बताउँछन् ।अहिले भने समय फेरिएको छ । धेरैजसो कलाकारले त प्रहसनका लागि धेरै तयारी पनि गर्दैनन् । व्यस्त समय हुनुले पनि धेरै अभ्यास नगर्ने कलाकारहरु बताउँछन् । केही वर्षदेखि हुँदै गरेको तीतेजिरे मेरी बास्सैले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गर्ने गाईजात्रा महोत्सवलाई कलाकारले विशेष महत्त्वका रुपमा लिने गर्छन् । दीपकराज गिरीले आफ्नो चलचित्रको व्यस्तताले समय छुट्याउन हम्मे भएपनि गाईजात्रे कार्यक्रममा भाग लिन लागेको बताउँछन् ।
उनी यतिखेर चलचित्र ‘छक्का पञ्जा २’ को प्रचारमा व्यस्त भएका हुन् । त्यसो त हास्य कलाकार दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपाल विदेशमा कार्यक्रमका लागि जाने योजना छ । उता उही टिममा काम गर्दै आएका सीताराम कट्टेल (धुुर्मुस) भने ‘नमूना नेपाल’ को परियोजनामा सुदूर पश्चिमतिर व्यस्त छन् ।
प्राय गाईजात्राको बेला प्यारोडी गीतमार्फत व्यङ्ग्य गर्ने गायक तथा संगीतकार टीका भण्डारीले हास्य कलाकारलाई धेरै अभ्यास गर्न नपर्ने बताउँछन् । ‘नेपाली कलाकारलाई धेरै लामो अभ्यासको खाँचो नै छैन,’ टीकाले जिस्किँदै सुनाउँछन्, ‘उहाँहरुसँग एकैछिनमा आफ्नो प्रहसन तयार पार्ने क्षमता छ ।’
त्यसो त कतिपय कलाकार आज साँझ साढे पाँच बजे देखाउने प्रहसनका लागि अहिले पनि प्रज्ञा परिसरमा अभ्यास गरिरहेका छन् । हास्य कलाकार दमन रुपाखेतीले हिजोसम्म स्किृप्टको तयार नभएको बताएका थिए । ‘समूहमा बसेर छलफल गर्दैछौं । समयको व्यस्तताले केही ढिला भयो ।’, दमन सुनाउँछन् ।
चर्चित हास्य जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ भने व्यङ्ग्यमा त्यति सक्रिय देखिँदैनन् । प्रायः कार्यक्रममा अतिथिको भूमिकामै देखिन थालेका छन् । अहिले भने महजोडी व्यङ्ग्यमा भन्दा बरु साहित्यमा सक्रिय देखिन थालेका छन् ।
यद्यपि यसपटकको गाईजात्रा कार्यक्रममा महजोडीको व्यस्तता भने बढेकै छ । विभिन्न कार्यक्रमबाट आउने निमन्त्रणाले पनि हरिवंश र मदनकृष्णलाई व्यस्त बनाउने गरेको हो ।

Comments
Post a Comment