कुनै पनि चलचित्र उत्कृष्ट बन्नका लागि यसका विविध तत्त्व उत्तिकै प्रभावकारी हुनुपर्छ । चलचित्रमा राम्रा पक्ष हावी रहेमा दर्शकले स–साना त्रुटिलाई खासै महत्त्व दिँदैनन् । त्यसैपनि नेपाली चलचित्र त्रुटिरहित हुन्छ भन्ने कुरालाई दर्शकले पत्याउन छोडिसकेका छन् । ‘प्रेमगीत २’ पनि यस्तै स–साना त्रुटि बोकेको एउटा आशालाग्दो चलचित्र हो ।
म्यानमार, थाइल्यान्ड, रारा, पोखरा लगायतका स्थानमा छायांकन गरिएको चलचित्र ‘प्रेमगीत २’ ले कथालाई पछ्याउने दर्शकलाई विभिन्न रमणीय स्थानमा घुमाइरहन्छ ।
चलचित्रको कथा सामान्य छ । म्यानमार (बर्मा) मा बस्ने नेपालीभाषी युवती गीत (अश्लेषा ठकुरी) त्यहाँ आफ्नो पढाइ पूरा गरेपछि परिवारको असहमतिमै नेपाल घुम्न आउँछे । गीतले परिवारलाई छोडेको पत्र हेरेर उसको परिवारले नेपालका आफ्नो बिजनेस पार्टनरलाई गीतलाई नेपाल घुमाइदिन भन्छ ।
यही दौरानमा गीतको भेट आफ्नो काकाको साथीको छोरा प्रेम (प्रदीप खड्का) सँग हुन्छ । आमाले फुर्क्याउँदैमा फुरुक्क हुने प्रेमलाई नेपालका विभिन्न ठाउँमा घुमाइदिने बाध्यता आइपर्छ । आफूलाई समेत थाहा नभएका आफ्नै देशका विभिन्न स्थानमा प्रेमले गीतलाई घुमाउँछ ।
यही घुमघामले नजिक बनाएको प्रेम र गीतको परिचय कसरी मायामा बदलिन्छ र त्यसपछि के हुन्छ भन्ने बुझ्नका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ ।
प्रेमकथा रुचाउने दर्शकका लागि ‘प्रेमगीत २’ राम्रै खुराक बन्न सक्छ । सिनेमाटोग्राफीले फिल्मलाई आकर्षक बनाएको छ । फिल्मकै माध्यमबाट राराको मनमोहक दृश्य, थाइल्यान्डका आकर्षक गन्तव्य र लुम्बिनीका रमणीय स्थलहरूको आनन्द दर्शकले उठाउन पाउँछन् ।
चलचित्रमा प्रदीप खड्का आकर्षणका केन्द्र बनेका छन् । उनको अभिनयले दर्शकमा एक प्रकारको ‘इमोसन’ जगाइराख्छ । म्यानमारकी युवतीको भूमिकामा अश्लेषा ठकुरी सुहाएकी छन् । तर उनको अभिनय कच्चा भने लाग्छ ।
त्यसो त निर्देशकले अश्लेषाको भूमिका र पात्रको चरित्रलाई त्यसरी नै विकास गर्न खोजेका हुन सक्छन् । तर उनको अभिनयले दर्शकको चित्त बुझाउन सक्दैन । फिल्मको दोस्रो भागमा आइपुग्दा भने उनको अभिनय केही सुधारिएको छ । अभिनयमा केही असहज देखिएपनि दर्शकले गीत अर्थात् अश्लेषालाई म्यानमारबाटै आएकी युवती सम्झिन्छन् । यस अर्थमा निर्देशक रामशरण पाठकले पात्रको चरित्रलाई ख्याल गरेका छन् ।
निर्माता हुँदै अभिनयमा खलनायक डेब्यु गरेका सन्तोष सेनले आफ्नो भूमिकालाई न्याय गरेका छन् । फिल्मका अन्य कलाकारको अभिनय पनि पात्रअनुसार फिट लाग्छ ।
फिल्मको कथानक र संवादले दर्शकलाई जुरुकजुरुक नबनाएपनि दिक्क भने लगाउँदैन । केही संवाद क्याची छन् । अरु सबै आैसत लाग्छ । कथाको घटनाक्रम फितलो छ । अश्लेषाले प्रयोग गर्ने थेगो ‘ए बोजु’ र अतिथि भूमिकामा देखिएका राजाराम पौडेलले प्रयोग गरेको थेगो ‘कुरो बुझियो’ दर्शकलाई आकर्षक लाग्छन् ।
चलचित्रको सिनेमाटोग्राफी र पार्श्व ध्वनिले फिल्मलाई जोगाएको छ । फिल्ममा देखिने विभिन्न दृश्य र क्यामेराका ‘वाइड शट’ ले फिल्मलाई बरु हेर्नलायक बनाएको छ । फिल्मको गीत संगीतले ठीकै छ ।
तर चलचित्रका केही पक्ष भने दर्शकलाई भारी लाग्छ । अश्लेषा ठकुरीको अभिनय र हाउभाउ घरीघरी नसुहाउँदो लाग्छ । बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्दा अश्लेषाले देखाउने प्रतिक्रिया अस्वाभाविक लाग्छ । त्यस्तै फेसबूकमा एड गर्नका लागि गरिरहने आग्रह पनि त्यति जरूरी देखिँदैन किनकि त्यतिबेलासम्म प्रेम गीतको साथी बन्न चाहिसकेको छ ।
चलचित्रको अन्त्य नाटकीय बनाउन खोजिएको कि वास्तविक बनाउन खोजिएको भन्नेमा दर्शक आफैं अलमल पर्छन् । युवतीसँग टाढिन मात्र खोज्ने युवा कसरी एकैछिनमा गीतको प्रेममा पर्छ ? निर्देशकले पात्रको दोहोरो चरित्रलाई धमिलो छोडिदिएका छन् । पूरै घटनाक्रममा प्रेम र गीतको प्रेम हुनका लागि चित्तबुझ्दो प्रेम प्रसंगको जरुरी थियो जुन फिल्ममा भेटिदैन । कथावस्तुले कथाशक्ति गुमाएको छ ।
कमजोरी प्रशस्तै छन् फिल्ममा ।
प्रेमकथा रुचाउने दर्शकका लागि फिल्म मन पर्न सक्छ । फिल्ममा हिरोले आफ्नो प्रेमप्राप्तिका लागि गुण्डालाई ढलाउँदैन । भलै फिल्म हेरिसक्दा दर्शकले कलाकारप्रति सम्मान भने राख्छन् । सिनेमाले मनोरञ्जनको प्याकेजमार्फत दर्शकलाई राष्ट्रियताको उठान गर्न खोजेको छ । फिल्ममा कमजोरी प्रसस्तै भएपनि हेर्नलायक भने छ ।

Comments
Post a Comment