क्यामेरा फोन ब्राण्ड ओप्पोले एफथ्री ब्ल्याक एडिशनलाई लिमिटेड एडिसनमा परिणत गर्ने घोषणा गरेको छ । ३२ हजार ९ सय ९० रुपैया मूल्य निर्घारण गरिएको एफथ्री ब्ल्याक एडिशनलाई नेपाली बजारमा प्राप्त सफलताका लागि उपभोक्ता प्रति कृतज्ञता स्वरुप लिमिटेड एडिसनका
रुपमा घोषणा गरिएको कम्पनीले जनाएको छ । लिमिटेड एडिसनका रुपमा परिणत गर्न लागिएको एफथ्री सेल्फी मनपराउने यूवा पुस्ता माझ विशेष लोकप्रिय रहेको भन्दे कम्पनीले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै ब्राण्डले आफ्नो परिचय सेल्फी एक्स्पर्ट क्यामेरा फोनका रुपमा स्थापित गरिसकेको पनि जनाएको छ । एक पछि अर्को सेल्फी केन्द्रित क्यामेरा फोन सार्वजनिक गरिरहेको ओप्पोका उत्पादन विशेषगरी सेल्फी मनपराउने यूवा पुस्ता माझ अत्यधिक लोकप्रिय रहेको छ । कम्पनीका अनुसार एफथ्री ब्ल्याकलाई लिमिटेड एडिशनका रुपमा लैजान अब उपरान्त फोनको उत्पादन बन्द गरिनेछ । फोनको उपलब्धता स्टक रहुन्जेल मात्र सिमित हुनेछ ।
ब्ल्याक एफथ्रीलाई लिमिटेड एडिशनका रुपमा लाने घोषणा गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले ओप्पोको एफथ्री ब्ल्याक एडिसनका लागि नेपाली उपभोक्ताद्वारा प्रस्तुत प्रतिक्रियाले कम्पनीलाई निकै उत्साहित तुल्याएको बताए । ब्राण्डप्रति उपभोक्ताले दर्साएको मायाँ तथा सहयोगका लागि कृतज्ञता ज्ञापन गर्दै उनले विशेषगरी मध्यम बर्गिय बजार लक्षित ओप्पो एफथ्रीको ब्ल्याक लिमिटेड एडिसनमा आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, डुअल फ्रण्ट क्यामेरा, फास्ट चार्जिङ प्रविधि लगायत विभिन्न सुविधाहरु उपलब्ध रहेको बताए ।
Comments
Post a Comment