फिल्म ‘ग्याङस्टार ब्लुज’ नेपाल प्रदर्शनअघि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ। भाद्र २ गतेबाट नेपाल प्रदर्शनमा रहेको फिल्म अष्ट्रेलियाको मुख्य ६ शहरमा प्रदर्शन हुन लागेको हो।
निर्माता सरोज न्यौपानेका अनुसार फिल्मको पहिलो प्रिमियर अष्ट्रेलियाको सिड्नीमा अगष्ट १३ र १४ मा हुनेछ। बाँकी शहरमा भने नेपालमासँगै प्रदर्शन हुने उनले बताए।
हेमराज बीसी निर्देशित ‘ग्याङस्टार ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ।
Comments
Post a Comment