श्रावण २४, २०७४- १६ प्रतिस्पर्धीलाई पछि पार्दै सजिना खनालले यस वर्षको ‘टिन प्रिन्सेस नेपाल’ को उपाधि जितेकी छन् । र्याम्पजोन इन्टरप्राइजेजले आयोजना गरेको उक्त प्रतियोगितामा प्रिया खडका फस्ट रनरअप, सृष्टि मोडल सेकेन्ड रनरअप र सुषमा थापा थर्ड रनरअप घोषित भए । उनीहरूले उपाधिसँगै विभिन्न उपहार पनि प्राप्त गरे ।
प्रतियोगितामा प्रसासा ताम्राकारले मोस्ट पपुलर र बेस्ट हेयरको, रुबिसा श्रेष्ठले बेस्ट क्याटवाकको, पूजा तामाङले मोस्ट डिसिप्लेनको, सुनैना चौधरीले मोस्ट ब्युटिफुल र बेस्ट स्किनको, रेनु सेन्चुरीले मोस्ट चार्मिङको सबटाइटल जितेका थिए ।
यस्तै, अर्पणा खतिवडाले मल्टिमिडिया च्वाइस, पेर्सिस राईले मोस्ट कन्फिडेन्ट, दीक्षा अधिकारीले डाइनामिक, समिना शाहीले बेस्ट स्माइल, निरुता रोकाले मोस्ट इन्टेलिजेन्ट, मनीषा थापामगरले मोस्ट फेन्ड्ली र दीपा लुइँटेलले बेस्ट पर्सनालिटीमा चित्त बुझाए ।
Comments
Post a Comment