अष्ट्रेलियाका शंकरलाई झुक्यायो चाईना र ऐनाले

७ अगस्ट, अष्ट्रेलिया । भन्ने गरिन्छ कि चाईनीज सामान आज छ भोलि छैन । यही भनाइलाई सर्जक शंकर लामिछानेले आफ्नो गीत संगीत मार्फत पनि प्रस्तुत गर्न खोजेको छन । उनले गीतमा भनेका छन्, ‘सब कुरा नक्कली बनायो चाईनाले मैं राम्री हुँ की झुक्यायो ऐनाले ।’

शंकर बिगत ११ वर्षदेखि अष्ट्रेलियाको ब्रीजबेनमा बस्दै आएका छन् । प्रबासी जीवनमा पनि उनले चलचित्र अभिनय र गीत संगीत विधालाई निरन्तरता दिइरहेका छन् ।
पछिल्लो समय तीज सम्बन्धी गीत संगीत बजारमा अत्याधिक रूपमा आइरहँदा शंकरले पनि आफ्नो सृजनालाई निरन्तरता दिंदै तीज सम्बन्धी एल्बम ल्याएका छ्न्, ‘मै राम्री हुँ कि झुक्यायो ऐनाले ।’
एल्बममा शंकरले नेपाली पन, भाषा र शैलीलाई भूलेका छैनन् । ‘तीज मनोरन्जन मात्र होईन, यसमा हाम्रो संस्कृति जोडिएको छ,’ उनले भने,’मैले त्यो कुरालाई समाहित गरेको छु ।’
गीतमा शंकर र गायिका मोलिना राईको आवाज समेटिएको छ भने भिडियोमा शंकरलाई पार्वती राईले साथ दिएकी छिन् । यो भिडियोको निर्देशन पनि पार्वतीले नै गरेकी हुन ।

रमझम देखिन्छ नि गाउँबेशी शहरमा
चुरा पोते लाली लाएँ
राम्री हुने रहरमा ।।।

Comments